काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ।
पार्टीका अनुसार आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन चाहने इच्छुकले पुस २६ गते राति १२ बजेसम्म उम्मेदवारी आवेदन दिन सक्नेछन्। उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवारी आवेदनका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ। तर, आर्थिक अभावका कारण शुल्क तिर्न नसक्ने अवस्थामा सम्बन्धित सरकारी निकायबाट जारी गरिएको विपन्नताको परिचयपत्र वा पार्टीको पालिका समितिबाट जारी सिफारिस पत्र पेश गरेमा सचिवालयले त्यसबारे अन्तिम निर्णय गर्ने रास्वपाले जनाएको छ।
