काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत रूपमा चयन भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले थापालाई पार्टीको नयाँ सभापतिका रूपमा चयन गरेको हो।

विशेष महाधिवेशनले १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य चयन गरेको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल निर्वाचित भएका छन्।

त्यसैगरी सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ता कुमारी यादव, प्रकाश रसाइली, डिला संग्रौला पन्त, बहादुर सिंह लामा, उदयशमशेर राणा, योगेन्द्र चौधरी र कर्ण बहादुर बूढा चयन भएका छन्।

विशेष महाधिवेशनमार्फत काँग्रेसले नयाँ नेतृत्व चयन गर्दै आगामी राजनीतिक यात्राको खाका तय गरेको पार्टी नेताहरूले बताएका छन्।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version