काठमाडौं ।नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको छ। सचिवालय बैठकले जिल्ला हुँदै प्रदेश कमिटीबाट सिफारिस भई आएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रका लागि एक–एक जना उम्मेदवार चयन गर्नेछ।

निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।

Share.

Comments are closed.

Exit mobile version