काठमाडौँ – अफगानिस्तानको विपद् व्यवस्थापन निकायका अनुसार विगत तीन दिनमा देशका विभिन्न भागहरूमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको छ। साथै, हिमपात र हिमपहिरोका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने ४०० भन्दा बढी घरहरू ध्वस्त भएका छन्। यस तथ्याङ्कमा अझै वृद्धि हुन सक्ने अनुमान गरिएको छ।

भारी हिमपातले काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने हिन्दुकुशमाथिको मुख्य राजमार्ग समेत अवरुद्ध भएको छ। यसले अफगानिस्तानका बामियान, परवान, बल्ख र मैदान वर्दक लगायतका प्रान्तहरूमा ठूलो असर पारेको छ। स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारकार्य तीव्र बनाइएको जानकारी दिएका छन्।

 

Share.

Comments are closed.

Exit mobile version