काठमाडौँ, २६ फागुन- प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड २ लाख ५३ हजार ३७७ मत गणना सम्पन्न भएको छ।

निर्वाचन आयोगले बिहान ५ः५० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मतसहित अग्रस्थानमा रहेको छ। रास्वपाले हालसम्म ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ।

त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३ मत प्राप्त गरेको छ भने नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७३० मत ल्याएको छ।

अन्य दलमध्ये नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७८६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार २२ मत प्राप्त गरेका छन्।

देशभर मतगणना कार्य अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

Share.

Comments are closed.

Exit mobile version