काठमाडौँ । पृथ्वी राजमार्गको पहिरो स्थल कृष्णभिरमा अवरुद्ध भएको सडक खुलाउने क्रममा परीक्षण (ट्रायल) स्वरूप सवारी साधन पास गराउन थालिएको छ ।

सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत पहिलो चरणमा काठमाडौँबाट चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन सफलतापूर्वक पार गराइएको छ ।

विपरीत दिशा अर्थात् चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एउटा भारी सवारी साधनलाई पनि सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ । पहिरो पन्छाएर सडकलाई दुवैतर्फबाट पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि प्राविधिक तथा उद्धार टोलीहरू तीव्र गतिमा खटिरहेका छन् । परीक्षण सफल भएसँगै स्थिति सामान्य बनाएर अन्य सवारी साधनका लागि पनि मार्ग प्रशस्त गर्ने प्रयास भइरहेको छ ।

Share.

Comments are closed.

Exit mobile version