काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्रमा नेपाली कांग्रेस र एमालेको नयाँ समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको हो।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो ।
सहमतिको सरकार गठन गरेर राजनीतिक स्थायित्व प्रदान गर्न नयाँ सरकार गठनको पहल गरिएकाले आजकै मितिदेखि लागू हुने गरि समर्थन फिर्ता लिएको एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ।
