काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार विश्वासको मत लिनु हुने भएको छ।
सत्ता साझेदार नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएपछी प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो। कांग्रेससँगको सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ ।
सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिँदा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।
