काठमाडौं । लगातारको वर्षाका कारण ललितपुरमा बाढीले एउटा टिपर बगाएको छ । वर्षापछि गोदावारी नगरपालिका–१२, ठेचोस्थित नख्खुखोलामा आएको बाढीले टिपर बगाएको प्रहरीले जानकारी गराएको छ ।

आज शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो । उक्त टिपर टीकाभैरवतर्फ जाँदै थियो ।

टिपर बगाए पनि चालक सकुशल छन् । बाढीले बगाएर केही तल पुर्‍याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.
Leave A Reply
Exit mobile version