काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर बेपत्ता भएको बसका चालक र केही यात्रुको परिचय खुलेको छ ।

आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स लेखिएको बागमती प्रदेश ०३-०० १ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै जाँदै गरेको एञ्जल लेखिएको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए।

बिरगन्जबाट काठमाण्डों आउँदै गरेको बसका धानी राजेन्द्र केसी सहित त्रिशूली नदीमा वेपत्ता भएका १७ जनाको नाम खुलेको छ ।

यसै गरी गौरबाट काठमाण्डौं जांदै गरेको बसमा रहेकाहरुको पनि बिबरण खुलेको छ । टिकट बुकिङ् काउण्टरका अनुसार रौतहटको गौर जाँदै गरेको गणपति बसमा ३१ यात्रु सवार थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए । अधिकांश यात्रु गौरको इनरवारीका रहेको काउण्टरले जनाएको छ । बसमा एक दम्पतीका चारजना बच्चा समेत थिए ।
हेर्नुहोस् गणपति बसका यात्रुको विवरण

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.
Leave A Reply
Exit mobile version