राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि  शीतल निवास पुगेर दाबी पेस गरेका छन्। दुई दलका सांसदहरुको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओली शितल निवास पुगेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेस गरिएको हो। संख्या उल्लेख नगरी संसदीय दलको नेताको रुपमा देउवा र ओलीले राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका हुन्।कांग्रेसका ८८ र एमालेका ७७ जना सांसद छन्।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर तयारी अवस्थामा बसेका थिए ।

रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकारका लागि आगामी आइतबार साँझसम्मको समयसीमा दिएका थिए।

 

Share.
Leave A Reply
Exit mobile version