काठमाडौं । नेप्से परिसूचक ५२.९७ अंकले बढेको छ । नयाँ अर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णु पौडेल बन्ने खबरसँगै शेयर बजारमा हरियाली छाएको छ । आइतबार नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७.५९ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले बढेको छ ।

आइतबार कारोबारमा आएका ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीबार ७ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको थियो । अघिल्लो कारोबार भन्दा आईतवार कारोबारमा वृद्धि भएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version