काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ प्रधानमन्त्री ओलीले शपथ लिएका हुन्।

आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई नेपालको ४५औं प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए। प्रधानमन्त्रीमा ओलीको यो चौथो इनिङ हो। उनी संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्।

Share.

Comments are closed.

Exit mobile version