काठमाडौं । सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

मंगलबार छापावाल सुन एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share.

Comments are closed.

Exit mobile version