काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ ।

संवैधानिक प्रावधान अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त भएको प्रधानमन्त्रीले एक महिना (३० दिन)भित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली काँग्रेसको सहमर्थन पाउनु भएका ओलीलाई असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो भने ३१ गते प्रधानमन्त्री ओलीले पद तथा गोपनीताको शपथ लनु भएको थियो ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत चाहिन्छ । प्रधानमन्त्री ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।

सरकारमा काँग्रेस, एमाले, जसपा र लोसपा सरकारमा सहभागी छन् । यस्तै जनमत, नागरिक उन्मुक्ति लगायतका दलहरुले पनि समर्थन गर्ने जनाएका छन् । सरकारको प्रतिपक्षमा भने माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायतका दलहरु छन् ।

नेकपा एमालेले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ भने काँग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version