काठमाण्डाै – मुग्लिन–नारायणगढ सडकअन्तर्गत सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ ।
खोजीका लागि यही साउन ४ गते नेपाल आएको १२ जनाको भारतीय टोलीले कुनै वस्तु पनि पत्ता लगाउन नसकेपछि आज फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले खोजी जारी नै राखेको उहाँले बताउनुभयो ।
असार २८ गते बिहान भएको घटनामा दुई वटा बससँगै ६२ जना यात्रु त्रिशूलीमा हराएका थिए । असार २८ गतेदेखि नै खोजी भएकोमा अहिलेसम्म बसमा रहेका यात्रुमध्ये १९ जनाको मात्रै शव भेटिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।