क्यानडाबाट रामहरि कोइराला

क्यानाडाको सुन्दर शहर क्यालगरीमा एन आर एन ए क्यानाडाको १७ औ साधारण सभा एक भब्य कार्यक्रमका बीच सम्पन्न भएकोछ ।

एन आर एन ए क्यानाडाको आयोजनामा सम्पन्न भएको सो साधारण सभाको उद्घाटन सत्रका प्रमुख अतिथि हुनु हुन्थ्यो, क्यानाडा स्थित नेपाली राजदुत भरतराज पौडेल । कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागी थिईन, त्यहाको कला, संस्कृति र महिला मन्त्री तान्या फिर । कार्यक्रममा क्यानाडाका संघीय साम्सद जियोर्गे चाहल, मनिंदर सिधुको समेत बिशेष उपस्थिति रहेको थियो।

प्रमुख अतिथि राजदुत पौडेलले नेपालको बिकासका निम्ति हातेमालो गर्न क्यानाडा पक्षलाई कार्यक्रममार्फत अनुरोध गर्नु भयो । नेपाल पर्यटकीय हिसाबले बिश्व मै अनुपम रहेकोले नेपालको पर्यटन क्षेत्रको नजिकबाट अबलोकन गर्न कार्यक्रममा उपस्थित मंत्री तान्या फिर र साम्सदहरु, जर्ज चाहल, मनिंदर सिधुलाई राजदुत पौडेलले बिशेष आमन्त्रण गर्नु भयो । मंत्री तान्याले नेपालको बिकासमा क्यानाडा निरन्तर सहभागी भै रहने बचनबद्दता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा एन आर एन ए क्यानाडाका पूर्व अध्यक्षहरु दिपक गौतम र बिनोद के सी, सस्थाका बर्तमान एबम पूर्व पदाधिकारीहरु, क्यानाडामा क्रियाशील विभिन्न नेपाली सघ सस्थाका प्रतिनिधिहरु तथा पदाधिकारीहरु, क्यानाडामा बिभिन्न पेसा व्यवसायमा संलग्न नेपालीहरुको भब्य उपस्थिति रहेको थियो । कार्यक्रम क्यालगरी स्थित होटेल र्‍याडिसनमा सम्पन्न भएको थियो ।

एन आर एन ए क्यानाडाका सभापति प्रज्वल कार्कीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको दोश्रो सत्रमा संगठानात्मक प्रतिबेदन सस्थाकी महासचिब चन्दा अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।  एक बर्षको कार्यकालको उपलब्धि, सस्थागत क्रियाकलापहरु, भाबी कार्यक्रम लगायतका बिषय बस्तुहरु महासचिवको प्रतिबेदनमा उल्लेख गरिएको थियो । त्यसैगरी आर्थिक प्रतिबेदन कोषाध्यक्ष बिद्या भुषण कार्कीले प्रस्तुत गर्नु भएको थियो । बाई ल कमिटीले प्रस्तुत गरेका बिभिन्न बुदाहरु मध्ये २० ओटा बुदाहरुलाई कार्यक्रमको बन्द सत्रमा सर्बसम्मतिले पास गरिएको अध्यक्ष दुलालले जानकारी दिनु भयो।

बिधान संसोधनका २० बुदाहरु मद्धे मुख्य बुदा रहेको छ- आगामी अधिबेसन पश्चात सभापति भन्ने पद एन आर एन ए क्यानाडाको समितिमा नरहने।, उपल्ला पदाधिकारीमा, सभापति र अध्यक्ष दुई पद विद्यमान रहेको अबस्थालाई परिमार्जन गरि अब कार्यकारी अधिकार सहितको अध्यक्ष रहने र बरिष्ठ उपाअध्यक्ष सहित महासचिब र अन्य पधाधिकारीहरु साबिक बमोजिम नै रहने ब्यबस्था भएको पनि अध्यक्ष दुलालले जानकारी दिनु भयो । आगामी १८ औ अधिबेसन गर्नको लागि प्रमुख निर्बाचन आयुक्तमा बिनय नेपाललाई नियुक्त गरिएको पनि उहाले जानकारी दिनु भयो ।

त्यसैगरी कार्यक्रमको अघिल्लो दिन अर्थात जुलाई द्दण् मा क्यालगरी स्थित प्रियारी विन्ड्स पार्कमा भब्य रुपमा नेपाली मेला सम्पन्न भएको छ । नेपाली कला, सस्कृति, भेष भुषा, रहनसहनलाई त्यहा रहेका नेपाली हरु बीच मात्रै होइन, बिदेशीहरुसामु समेत संपेषण गर्ने उद्देश्यले सो मेला आयोजना गरिएको थियो । नेपाली बिभिन्न जात जातिहरुका झाकीहरु, बाजाहरु , आभूषणहरुलाई प्रस्तुत गरिएको सो कार्यक्रममा स्थानीय हजारौले अबलोकन गरेका थिए। बिदेशीहरुपनि कार्यक्रमको माहौलमा झुम्मिएका थिए । सो कार्यक्रममा पनि पूर्व मंत्री तान्या, राजदुत पौडेल, साम्सदहरु जियोर्गे चाहल, मनिंदर सिधुको समेत बिशेष उपस्थिति रहेको थियो । स्थानीय क्यालगरीबासी विभिन्न सघ सस्थाहरुको आयोजनामा सम्पन्न भएको क्यालगरी नेप्लिज कम्युनिटी अफ एसोसिएसनका पूर्व अध्यक्ष धुर्ब राईले सो मेलाको अध्यक्षता  गर्नु भएको थियो । कार्यक्रममा नेपालबाट आएका गायक राजेश पायल राई र क्यालगरी मै बस्ने ख्यातिप्राप्त गायिका मिना निरौलाले चर्चित गीत गाएका थिए। मेला कार्यक्रममा क्यानडामै रहेका नेपाली  कलाकारहरुले गीत संगीत र नृत्यका माध्यमले उपस्थित सबैलाई भरपुर मनोरंजन दिएका थिए । कार्यक्रममा नेपालीहरुका विभिन्न खानाका परिकारहरुले अतिथिहरुको स्वागत गरिएको थियो। दुवै कार्यक्रमहरु भब्य र सभ्यरुपमा सम्प्पन भएको स्थानीय नेपालीहरु र क्यानाडाको विभिन्न भागबाट उपस्थित हुने सहभागिहरुले बताएका छन ्।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version