काठमाण्डौ – आज सुनको भाउ तोलाको एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ४६ हजार एक सय रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
