लण्डन । प्रबासी नेपाली मंच (ओएनएफ) यूकेले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय अलकल जंग लामाको सम्मानमा श्रद्धान्जली सभा गर्ने भएको छ । आगामी आइतबार ४ अगस्टमा नर्थ ह्यारोस्थित नर्थ ह्यारो होम गार्ड क्लवमा गर्न लागिएको श्रद्धान्जली सभामा उपस्थित भई स्वर्गीय लामा प्रति सम्मान व्यक्त गर्न बेलायतवासी जनसमुदायलाई ओएनएफ यूकेले आव्हान गरेको हो ।
गत साता अनलाईन माध्यमबाट जुममा बसेको बैठकले स्वर्गीय लामाकी पत्नीसँग सरसल्लाह गरी उक्त श्रद्धान्जली सभा आयोजना गरिएको अ्रध्यक्ष तुंगभद्र भुसालले बताए । भुसालकै अध्यक्षतामा बसेको ओएनएफ यूकेको जुम बैठकले लामाको अन्तिम इच्छा अनुसार उनले अध्ययन गरेको विद्यालयमा अक्षय कोष स्थापना गर्ने निर्णय समेत गरेको छ । सामाजिक अभियन्तामा रुपमा बेलायतस्थित नेपाली समाजको योगदान गरेका लामा नेपाल भ्रमणमा गएका बेला गत १४ मे २०२४ मा ह्दयधातका कारण असामायिक निधन भएको थियो ।
एमाले सांसद सुर्य पाठकको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पार्टी बिशेष भन्दा पनि साझा कार्यक्रमका रुपमा लिएर श्रद्धान्जलीमा उपस्थित हुन ओएनएफ यूके अध्यक्ष भुसालले डायस्पोराका नेपालीलाई आग्रह गरेका छन ।
बेलायतस्थित नेपालीहरुको एक मात्र पुरानो संस्था यति नेपाली एसोसियसन, गैरआवासीय नेपाली संघ यूकेलगायतका एक दर्जन संघ संस्थामा उल्लेख्य योगदान गरेका लामा पुराना इमान्दार अभियन्ताका रुपमा बेलायती नेपाली समाजमा परिचित थिए । उनका परिवार हाल बेलायतमै छ ।
खबर साइट डट कम :
- सरकार र लघुवित्त पीडितबिच ५ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता
- अष्ट्रेलिया अध्ययनका लागि भिसा प्राप्त गर्नुअघि ३२ लाखभन्दा बढी खर्च, भिसा अस्वीकृत भए ५–९ लाख रुपैयाँसम्म घाटा हुन सक्ने
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक
- नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने
- इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन लाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण
- नातेदार स्वकीय सचिवमा नियुक्त नगर्न सांसदहरूलाई रास्वपाको निर्देशन
- शुक्रबार सुनचाँदीको भाउ घट्यो
