काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।

आज बसेकाे प्रदेश सभाकाे बैठकमा मुख्यमन्त्री कँडेलकाे पक्षमा नेकपा एमालेका नाै र नेपाली कांग्रेसका १४ गरी २३ जना सांसदले मत दिए । यस्तै उहाँकाे प्रस्तावकाे विपक्षमा नेकपा (माओवादी) केन्द्रका १३ र नेकपा (एकीकृत समाजवादी) का एक गरी १४ जना सांसदले मत दिए । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट चाहिन्छ ।

मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएकाे हाे । साउन ७ गते सत्ता साझेदार दल माओवादीले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिनुभएकाे हाे ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version