काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । पार्टीको केन्द्रिय समितिको बैठकमा सो प्रस्ताव प्रस्तुत भएको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले बताउनुभयो । उहाँकाअनुसार बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरु प्रवेश भएका छन् ।

जसमा महासमितिको बैठकले विभिन्न प्रश्तावमा छलफल गरी प्रश्तावहरु केन्द्रिय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रिय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जन प्रश्ताव उपर छलफल गर्ने प्रश्ताव छ । उहाँले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताउनुभयो ।

प्रवक्ता महतले भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रश्तावबारे पनि छलफल हुने बताउनुभयो । उहाँले अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रश्तुत गर्नुभएको पनि जानकारी दिनुभयो ।

प्रवक्ता महतले पार्टीका विभिन्न रिक्त पदहरुको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रश्तावको विषय बनेको बताउनुभयो । क्रियाशिल सदस्यताको नयाँ र नविकरणको विषयमा पनि बिहीबारको बैठकमा छलफल हुने बताउनुभयो । विदेशस्थित जनसम्पर्क समितिहरु विधान अनुकुल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय बनेको बताउनुभयो । पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश भएको र पार्टीको चुनावबाट निर्वाचित भइ जिम्मेवारी लिइसकेपछि काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रश्तावित भएको बताउनुभयो । मसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुने बताउनुभयो ।

बैठक बिहीबार १ बजे बस्ने प्रवक्ता महतले जानकारी दिनुभयो । नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा परी चार जना चिनियाँ नागरिक र पाइलटसहित दुर्घटनामा परेकोबारे पार्टीले दुःख प्रकट गरेको बताउनुभयो । मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बंगलादेशमा भएको राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताउनुभयो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version