काठमाडौं । सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुनको मूल्य तोलामा तीन सय रुयैयाँले बढेर एक लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
हिजो एकैदिन सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ४६ हजार तीन सय रुपैयाँ रहेको थियो । गएको सोमवार भने तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर एक हजार ६ सय ९० रुपैयाँ कायम भएको छ ।
