काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम गरी नागरिको जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सुरु भएका परियोजनाहरु टुंग्याउने काम पहिलो प्राथमिकतामा रहेको पनि बताउनुभयो ।

बिहीबार प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको थियो ।

Share.

Comments are closed.

Exit mobile version