काठमाडौं । भोलि देखि १८ देशमा नियुक्तिका लागि सिफारिस भएका राजदूतको सुनुवाइ हुने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको हो । सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सिफारिस भएका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार भोलीदेखि सुरु हुने सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।

बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन रहेको शङ्कर हलमा दिउँसो सवा १२ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

Share.

Comments are closed.

Exit mobile version