धादिङ- पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टरलाई खराब मौसमका कारण काठमाण्डौं प्रवेश गर्न नसक्दा धादिङमा आकस्मिक अवतरण गराईएको छ ।

काठमाण्डौंमा ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौँ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको 9 NAML हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका–७ सातकिला नजिकै धानखेतमा सुरक्षित अवतरण गरेको हो ।

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धानखेतमाअवतरण ४५ मिनेट पछि काठमाण्डौं उडेको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए।वडाध्यक्ष  खतिवडाका अनुसार हेलिकप्टरमा दमका बिरामी  तिलक प्रसाद पराजुली सहित उहाँका आफन्त र अन्य गरि ५ जना रहेका थिए।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौँतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा केही बेर हेलिकप्टर अवतरण गराएको जानकारी प्राप्त भएको बताए ।

Share.

Comments are closed.

Exit mobile version