बझाङ। बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ।

गएराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव उद्धार गरी निकालिएको हो।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ।

Share.

Comments are closed.

Exit mobile version