काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताउनुभएको छ ।

काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला दिनहरुमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै शेयर बजार अहिले उत्साहित रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै शेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्ने बताउनुभयो । उहाँले सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित रहेको समेत बताउनुभयो । उहाँले सरकारले दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझावमाथि सरकार गम्भीर रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘आर्थिक क्षेत्रमा केही सकारात्मक पलह कदमी लिइएका छन् । सरकारका पहलकदमी र पछिल्ला कतिपय निर्णयहरुले, मौद्रिक नीति लगायतका कतिपय नीतिहरुले अर्थतन्त्रलाई चलायमान गर्न, गतिशिल तुल्याउन सकारात्मक संकेत गरेको छ । पछिल्ला दिनहरुमा प्रायः चर्चा हुने गर्छ, शेयर बजारको । काफी चर्चा हुने गरेको छ । यो चर्चाका निम्ति मैले केही भन्नुछैन । मैले यति मात्रै भन्न चाहन्छु, शेयर बजार अहिले उत्साहित छ । हामीले भन्ने गरेका छौँ, शेयर बजार अर्थतन्त्रको ऐना हो । यसले हाम्रो अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्दछ । यस हिसावले सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित छ ।’

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version