काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ।
पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो ।
सरकारले रिक्त स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेको छ । हालै निर्वाचन आयोगले मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।