काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ ।

गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई समितिले दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै सोधपुछका लागि बोलाइएको छ ।

समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो । कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको विपिनको बयानमा उल्लेख छ । रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्दा विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version