काठमाण्डाै – तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा १४ जनाकाे ज्यान गएकाे छ ।

घटनास्थलबाट १४ जनाकाे शव निकालिएकाे र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेकाे छ ।

उद्धार कार्यमा गोताखोरसहितको टोली खटिएको छ । प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जना र नम्बर–२३ मनकामना गणबाट ३५ जनाको फौज खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अप्ठेराे ठाउँ भएकाले तुइन रोप अर्थात् डोरीको प्रयोग गरी उद्धारकाे काम भइरहेको छ । घाइतेहरूलाई सडकसम्म ल्याउन डोरीमा बास्केट स्ट्रेचर रहेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version