काठमाण्डाै – साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा पुगेकाे छ ।
ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा आज भएकाे दाेस्राे सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
अब बङ्गलादेशले उपाधिका लागि पर्सि बुधवार नेपालसँग खेल्नेछ । हिजाे भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइलनमा पुगेकाे थियाे । फाइनल खेल काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुनेछ ।
गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।