काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न मन्त्रीहरूले सांसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद् सचिवालयले जनाएको छ। बैठकको शुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।

यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले जानकारी गराउने कार्यसूची छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। सभामुख देवराज घिमिरेले पूर्वसांसद् तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

Share.

Comments are closed.

Exit mobile version