काठमाण्डौ – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो साढे दुई बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ ।

यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version