इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

घरेलु मैदानमा हिजो भएको खेलमा युनाइटेड लिभरपुलसँग तीन गोलले पराजित भएको हो । लिभरपुलको जितमा लुइस डियाजले दुई र मोहम्मद सलाहले एक गोल गरे । जितसँगै लिभरपुल नौ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड तीन अङ्कका साथ १४ औँ स्थानमा छ ।

समान तीन खेलमा नौ अङ्क रहेको म्यानचेस्टर सिटी भने शीर्ष स्थानमा छ । हिजै भएको अर्को खेलमा टोटनहम न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । न्युक्यासलले टोटेनहमलाई २–१ ले हराएको हो । न्युकासलको जितमा अलेक्जेन्डर इसाक र हार्वे बार्न्सले गोल गरे । टोटनहमले एक गोल उपहार पाएको हो । अर्को खेलमा चेल्सी र क्रिस्टल प्यालेसले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेकाका छन् ।

Share.

Comments are closed.

Exit mobile version