काठमाडौं । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको हो ।

यो टी-२० आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग -२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुदै छन् ।

खेलतालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग-२ अन्तर्गतको सिरिज हुने छन् भने २९ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म टी- २० सिरिज हुने छ ।

टी- २० सिरिज पछि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेल्ने पनि क्यानको बार्षिक क्यालेन्डरमा उल्लेख छ तर यस सिरिजका बारेमा क्यानले अहिले स्पष्ट गरेको छैन ।

हाल नेपाली राष्ट्रिय क्रिकेट टिम लिग- २ को सिरिजको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version