पाल्पा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरूका कारण युवामा निराशा छाएको बताएका छन्।

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए।

युवाहरू विदेशिने क्रम बढ्दो रहेको हुँदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्त्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ। युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ।

काँग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उनी पाल्पा आएका हुन्। मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए। अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिई परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ।

Share.

Comments are closed.

Exit mobile version