काठमाडौं । सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । बिहीबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

उनी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगतको राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव छन् । यसअघिका गृह सचिव एकनारायण अर्याललाई गत १३ भदौको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गरेपछि गृहसचिव पद रिक्त छ ।

गत १३ साउनमा सरकारले दुवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको थियो ।

यसअघि निर्वाचन आयोगसहितका निकायमा सचिवको रुपमा काम गरिसकेका दुवाडीले अब गृह प्रशासनको प्रशासनिक नेतृत्वको सम्हाल्नेछन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version