काठमाडौं । अस्ति शुक्रवार हरितालिका तीजको दिन रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ ।

शुक्रवार तीज पर्वको दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ घटेर तोलाको एक लाख ५२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार तीन सय पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा ४५ रुपैयाँ घटेर चाँदी आज तोलाको एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रवार चाँदी तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version