काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट महान्यायाधिवक्ताको वार्षि प्रतिवेलन, २०७९/०८० पेश हुनेछ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको पाँचौँ वार्षिक प्रतिवेदन २०८०/०८१ पेश गर्नेछन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची पनि छ।

 


Share.

Comments are closed.

Exit mobile version