काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन शुरु गर्नुभएको छ । आफू मुख्यमन्त्री हुँदा सुरू गरेका योजना कटौती गरेको भन्दै प्रदेशसभा अगाडि बनस्खण्डी मन्दिर नजिकै उहाँले अनशन सुरू गर्नुभएको हो ।
कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिनुभएको थियो । उहाँले आफ्ना माग पूरा नभए आमरण अनसन बस्ने चेतावनी दिनुभएको थियो ।
कार्कीले अनशन बस्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसोबाट अनिश्चितकालीन निषेधादेश जारी गरेको छ । पूर्वमुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम कटौती गरिएको दाबी गर्नुभएको छ ।
उहाँले प्रदेश सरकारले ल्याउने बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति भएपनि कमका योजना हालेको भन्दै सच्याउन माग गर्नुभएको छ ।
