काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध केही काम गर्न थालेपछि आफू नेतृत्वको सरकार ढालिएको बताउनुभयो ।

प्रदेश स्तरीय बैठकका क्रममा सिराहा पुगेका प्रचण्डले कार्यकर्ता भेटघाटका क्रममा भ्रष्टाचारी र भूमाफियाले आफू नेतृत्वको सरकार ढालेका बताउनुभयो । ‘तपाईँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’, प्रचण्डले भन्नुभयो ।

ती माफियाहरुले नेपाली कांग्रेस र नेकपा एमालेलाई आफ्नो ठानेर सरकार निर्माण गरेको प्रचण्डले बताउनुभयो । ‘माओवादी केन्द्रका नेताहरुले बिस्तारै हामीलाई त खत्तमै पार्ने भनेर भ्रष्टाचारी जति डराए’, उहाँले गर्नुभयो ।

अध्यक्ष प्रचण्डले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गर्नुभयो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version