नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो ।
न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुगेकाे भन्दै खारेज गर्ने फैसला सुनाएको हाे । यस फैसला पश्चात बस्नेतले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।
यसअघि जिल्ला अदालत काठमाडौँले पनि खारेज हुने फैसला सुनाएको थियो । पीडित भनिएकी महिलाले बस्नेतबाट आफू पटकपटक पीडित भएको दाबी गरेकी थिइन् ।


