काठमाडौं । माओवादी केन्द्रले जनयुद्धमाथि संघीय संसद्‌मा अपमानित गर्ने प्रयास भएको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो शब्दबारे सच्चिएर निर्णय नभएसम्म आफूहरूले संसद् अवरोध जारी राख्ने जानकारी दिए।

गत भदौ १२ गते बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर व्याख्या गरेका थिए।

सो विषयमा माओवादी केन्द्रले आपत्ति जनाएपछि छानबिन गर्न सचिवालयलाई सभामुख देवराज घिमिरेले निर्देशन दिएका थिए।

छानबिनपछि यसअघि गत भदौ २६ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएका थिए।

जसबारे माओवादीले शुक्रबारको संसदीय दलको बैठकमा छलफल गरेको थियो।

Share.

Comments are closed.

Exit mobile version