काठमाणडौ – सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान बन्न थालेकाे छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ ।

हिजो पनि सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ रहेको थियो । सुनको भाउ हिजोको तुलनामा आज पाँच सय रुपैयाँले बढेर हिजोको रेकर्ड तोडिएपछि आज नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version