काठमाडौँ । अमेरिकाले आइसीसी विश्वकप डिभिजन लिग-२ अन्तर्गत नामिबियालाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ६ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछाएको अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिवियाले ५० ओभरमा ९ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

यो लिग-२ मा अमेरिकाको पाँचौं खेलमा तेस्रो जित हो । यो खेलपछि अमेरिकाको ५ खेलमा ६ अंक रहेको छ र पाँचौं स्थानमा छ । त्यस्तै नामिबियाको भने ९ खेलमा ८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

अब अमेरिकाले अर्को खेल बुधबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ भने नामिबियाले आगामी शुक्रबार युएईकै सामना गर्ने छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version