काठमाडौं । उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि आज रुसतर्फ प्रस्थान गर्नुभएको छ ।
रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको बिहान ९ बजेको उडानमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गतेसम्म हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । यस्तै उहाँले उक्त फोरममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
उपसभामुख राना असोज ५ गतेमा स्वदेश फर्कने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।


