काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप क्रिकेट लिग–टुमा नेपालले क्यानडासँग हार ब्यहोरेको छ। नेपाल आयोजक क्यानडासँग १ सय ३ रनले पराजित भयो।

वान डे क्रिकेटमा नेपाल क्यानडाको हातबाट पराजित भएको यो पहिलो पटक हो।​ क्यनडाको किंग्स मैदानमा टस जितेर नेपालले क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। क्यानडाले आठ विकेटमा २ सय ५३ रन बनाएको थियो।

लिग–टुमा नेपालको यो पाँच खेलमा चौथो हार हो र टिमले दुई अंक मात्रै बटुल्न सकेको छ। यो नेपालको लगातार तेस्रो हार पनि हो।

क्यानाडाले भने प्रतियोगितमा लगातार चार हारको क्रमलाई रोक्दै नौ खेलमा पाँचौँ जित निकालेको छ। अब उसको दस अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

नेपालले अब अर्को खेल भोलि ओमानसँग खेल्नेछ।

Share.

Comments are closed.

Exit mobile version