काठमाडौं । सहकारीको बचत अपचलन गरेर २९ जना फरार भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सूर्य थापा नेतृत्वको समितिले सहकारीको पैसा ठगेर जीबी राई मलेसियामा रहेको प्रतिवेदनमा लेखेको छ । फरार भएकै कारणले उनीसँग बयान लिन नसकिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन‚ ज्योति गुरुङ‚ दीपक थापा लगायतका व्यक्ति फरार रहेको समितिले प्रतिवेदनमा लेखेको छ । फरारको सूचीमा रहेका उनीहरूलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन दिएको प्रतिवेदनमा लेखिएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version