काठमाडौं। माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

गएराति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले हुमोलाई २५–१६, २५–२२ र २५–२३ ले पराजित गर्दै उपाधि जितेको हो । यसअघि पुलिसले समूह चरणमा लगातार पाँच खेल जितेको थियो ।

पुलिस क्लबले नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको हो । प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलङ्का, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो ।

Share.

Comments are closed.

Exit mobile version