काठमाण्डाै – केही दिनदेखि घटिरहेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विन लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् कम्पनी र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन हिमालयन हाइड्रोपावर र स्वरोजगार लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । हिजो साढे पाँच अर्बको कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका एक करोड २४ लाख कित्ता शेयर चार अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन्

Share.

Comments are closed.

Exit mobile version